समाचार

वैदेशिक रोजगार व्यवसायी संघद्वारा बाढी–पहिरो प्रभावितका लागि १ करोड ५० लाख रूपैयाँ राहत सहयोग


Logo
Prawash Tv
१९ भदौ, २०८३
वैदेशिक रोजगार व्यवसायी संघद्वारा बाढी–पहिरो प्रभावितका लागि १ करोड ५० लाख रूपैयाँ राहत सहयोग

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बाढी–पहिरो प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ राहत सहयोग गरेको छ । संघले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५० लाख रुपैयाँको राहत सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

संघकी कोषाध्यक्ष तथा सामाजिक उत्तरदायित्व संयोजक धनमाया सिंजालीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।


संघले थप राहत सहयोगका लागि विभिन्न क्षेत्रबाट अनुरोधहरू प्राप्त भइरहेको जनाएको छ । संकलित बाँकी रकमलाई पूर्ण पारदर्शिताका साथ आवश्यकताको प्राथमिकता निर्धारण गरी थप राहत वितरणमा प्रयोग गरिने संघले जनाएको छ ।


त्यस्तै, आवश्यकताअनुसार राहतका लागि आवश्यक जिन्सी सामग्रीसमेत उपलब्ध गराइने संघले जनाएको छ । संघले विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

  • ratopati



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka