समाचार

हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो


Logo
Prawash Tv
१६ पुस, २०९०
हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो

हवाई इन्धनको मूल्य झन्डै दोब्बर, आन्तरिक–अन्तर्राष्ट्रिय उडान सबै प्रभावित

१७ चैत, काठमाडौं । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनसँगै हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ। मूल्य वृद्धि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा लागू गरिएको छ।

निगमको विज्ञप्तिअनुसार,

  • आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रति लिटर १२७ रुपैयाँबाट बढेर २५१ रुपैयाँ पुगेको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि:

  • काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर,

  • पोखरामा ८०१ डलरबाट बढेर १,७३२ डलर,

  • भैरहवामा ७८९ डलरबाट बढेर १,७१६ डलर कायम गरिएको छ।

यो समायोजनसँगै उडान खर्च बढ्ने तथा टिकट दरमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka