समाचार

भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा


Logo
Prawash Tv
३० भदौ, २०८२
भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा

अनुसन्धानकै बीच ‘सेटिङ’मा विदेश उडेका युवाहरू

भिजिट भिसाका नाममा हुने असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ। संसद्मा समेत गृहमन्त्री रमेश लेखकलाई जवाफदेही बनाउन भन्दै प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको थियो। तर त्यही बेला फूलकुमारी तामाङ, निमा मगर र दिनेश तामाङ भने भिजिट भिसामा विदेश उड्ने तयारीमा थिए।

काठमाडौंस्थित एक म्यानपावर कम्पनीमार्फत कतार हुँदै ग्रिस जान लागेको उनीहरूले कतार एयरवेजको २४ जेठ राति १०ः०५ बजे उड्ने टिकट लिएर निर्धक्क विमानस्थल पुगे र विना अवरोध विदेश उडे।

यसले सडकदेखि सदनसम्म हंगामा भइरहँदा पनि ‘सेटिङ’को आधारमा विदेश उड्ने क्रम अझै रोकिन नसकेको देखाएको छ। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार यो नयाँ समस्या होइन, लामो समयदेखि दोहोरिँदै आएको प्रवृत्ति हो।

२०७० फागुनमा अख्तियारले खाडी मुलुकमा कामदार पठाउने क्रममा असुली गर्ने वैदेशिक रोजगार र अध्यागमन विभागका कर्मचारीलाई एकैपटक नियन्त्रणमा लिएको थियो। त्यतिबेला पनि बिचौलियाले किनिदिएको मोबाइलमार्फत कर्मचारीहरूले सूचना आदानप्रदान गर्ने गरेको तथ्य खुलेको थियो।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, “त्यसबेला असुली रोकियो कि भन्ने लाग्यो, तर पछि थाहा भयो—उल्टै दर बढेछ। सेटिङमा नअटाउनेहरू भारत हुँदै तेस्रो मुलुक जाने गरेका रहेछन्।”

भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा

वेयरसम्म प्रयोग गर्न थालेका छन्। अहिले खाडी मुलुकमा जान प्रतिव्यक्ति ५० देखि ७५ हजार रुपैयाँ असुली भइरहेअख्तियारको भनाइमा, दशकौंदेखि समस्या उस्तै छ तर अब असुली झनै संगठित र संस्थागत बनेको छ। कर्मचारीहरूले घुस बाँडफाँड गर्न सफ्टको र युरोप जाने दर ३ देखि ४ लाख रुपैयाँ पुगेको देखिन्छ।

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा, उनको पालामा कालोसूचीमा परेका व्यक्तिसमेत सजिलै विमानस्थलबाट उम्किएको तथ्य फेला परेको छ। अनुसन्धानका क्रममा २४ घण्टा नबित्दै कालोसूचीमा परेका जागेश्वर साह नामक व्यक्ति त्रिभुवन विमानस्थलमार्गे दुबई पुगेको पनि खुलासा भएको छ।

विशेषज्ञहरूका अनुसार, भिजिट भिसा प्रकरण अब राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय बनेको छ। त्यसैले सामान्य छानबिन होइन, संरचनागत सुधारका कठोर कदम आवश्यक रहेको उनीहरूको भनाइ छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka