निरीक्षणका लागि विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगे गृहमन्त्री
१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निरीक्षणका लागि पुगेका छन्।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङले सोही दिन प्रहरी कार्यालय तथा गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने उद्देश्यले प्राधिकरणको निरीक्षण गरेका हुन्।
गुरुङले विपद् व्यवस्थापनसम्बन्धी तयारी, समन्वय र कार्यप्रणालीबारे जानकारी लिँदै प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।