समाचार

क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा


Logo
Prawash Tv
०५ असोज, २०८२
क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा

बहुराष्ट्रिय कम्पनी क्यारेफोरले कुवेत र बहराइनबाट बाहिरिने घोषणा गरेको छ। उक्त कम्पनीमा तल्लोदेखि माथिल्लो तहसम्म उल्लेख्य संख्यामा नेपाली कार्यरत रहेका छन्।

ग्राहकहरूलाई सम्बोधन गर्दै जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा कम्पनीले बहराइन र कुवेतस्थित आफ्ना स्टोरहरू क्रमशः सेप्टेम्बर १४ र सेप्टेम्बर १६ देखि बन्द हुने जानकारी दिएको छ।

यसअघि कम्पनीले नोभेम्बर २०२४ मा जोर्डनमा र जनवरी २०२५ मा ओमानमा आफ्ना सुपरमार्केट बन्द गरी हाइपरम्याक्स सञ्चालनमा ल्याइसकेको छ।

बहराइन र कुवेतमा पनि यस्तै नयाँ ब्रान्ड हाइपरम्याक्स सुरु हुने अपेक्षा गरिएको छ।

सन् १९९५ देखि मध्यपूर्व, अफ्रिका र एसियाका १२ देशमा क्यारेफोर ब्रान्ड सञ्चालन गर्ने विशेष अधिकार प्राप्त माजिद अल फुतैमले २०२४ मा निश्चित देशहरूबाट क्यारेफोर हटाउँदै हाइपरम्याक्स ब्रान्डको सुरुवात गरेको हो।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka